Ads Here
गीत एउतै - नारायण गोपालको "अल्झेछ क्यारे पछ्यौरी" - प्रस्तोता भिन्न - Nepali Tara Vs Nepal Idol
Aug 18, 2017
  • 896,233
  • 9,149
  • 856
Ads Here

कसले गायो राम्रो, प्रताप लामाले कि सागर आलेले ???

साधारण दर्शक-श्रोता भएर हेर्दा-सुन्दा:
प्रख्यात कवि भूपी शेरचनको शब्दमा प्रख्यात संगीतकार गोपाल योञ्जन द्वारा संगीत भरिएको, स्वर-सम्राट नारायण गोपाल द्वारा गाईएको यो चर्चित गीत लाई दुवै जनाले आ-आफ्नो तर्फ बाट सक्दो राम्रो गाएका हुन्, तर यो मिठो गीतलाई दुवै जनाले पूर्ण न्याय भने दिन असमर्थ रहे सायद I प्रताप लामाले सुरुको अलापमा चाहिने भन्दा लामो तानेको देखियो भने एकै सासमा गाउनु पर्ने लाईन "...एकलै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा (जुन Part लाई यस गीतको प्रमुख सौन्दर्यको रुप मानिन्छ)" लाई निभाउन असफल देखियो, तर समग्र गीत राम्रै गाए I यसै गरि सागर आलेले भने गीतमा सुरुको अलाप Part चाहिने जत्ति मात्र तानेर राम्रो गाएको छ, तर एकै सासमा लिने Part मा उ पनि चुके सायद, तर समग्र गीत राम्रै गाए पनि उसको अगाडिको प्रस्तुतिहरु हेर्दा यो भन्दा अझ राम्रो गाउन सक्थे भन्न सकिन्छ I जहाँ सम्म दुई जनाको तुलनाको कुरा छ, सागर आलेले पहिले (नेपाली तारामा सहभागी हुँदा) को दाँजो मा अहिले निकै प्रगति गरि अगाडी बढिसकेको देखिन्छ भने प्रताप लामाको चै Confidence Level बढ्नु बाहेक पहिल्यै राम्रो थियो र अहिले पनि राम्रो छ भन्नु बाहेक दर्शक स्रोताले नयाँ कुरा केहि पाएन सायद I

पहिला हामि कहाँ थियौं भन्ने हेर्नु भयो भने: https://www.youtube.com/watch?v=BF53ddUZFYw&list=PLGUdPcXziMvPeG_h-9y07G8GPahbYJxAM
अहिले हामि कति अगाडि बढिसकेका छौं थाहा पईन्छ I


Original Song Detail:
Title: Aljhechha Kyare Pachhyauri Timro
Singer: Narayan Gopal
Lyrics: Bhupi Sherchan
Music: Gopal Yonjan

Performed (Covered) By Pratap Lama at Nepali Tara-3 2015
and Sagar Ale at Nepal Idol 2017

Video Sources:
Nepali Tara Season 3 - THT Live: https://youtu.be/VhUJLxDrRz0
and
Nepal Idol - AP1 TV: https://www.youtube.com/channel/UCxwa4RK4FCq-1LR5l5Dh8vA