Ads Here
Ganesh Thapa got slab at Aaryeghat Pashupati
Apr 12, 2016
  • 59,816
  • 40
  • 2
Ads Here

पशुपति आर्यघाटमा मलाम जादाँ सभासद् गणेश थापाले कुटाई खाएका छन् ।

एक जमानामा पत्रकार कुट्ने गणेश थापा आफैले आज कुटाइ खाएका छन् ।

आफन्तको मलाम गएका गणेश थापालाई मधुसुदन महतले आर्यघाटमा कुटेका हुन् ।

महतले गणेश थापालाई गालामा तिन चड्कन हानेको स्रोतले न्यूज अभियानलाई बताएको छ ।

कमल थापा भनेर हानेको उनको भाई गणेश थापा परेछन् महतले भने ।

महतलाई अहिले गौशाला प्रहरी बृतमा राखिएको छ । कमल र गणेश दाजुभाई हुन् ।



पिट्नुको कारण बैशाख ७ गते पछि मात्र भन्ने

महतले गणेश थापालाई गालामा तिन चड्कन हान्नु पछाडि रहस्य रहेको बयान प्रहरीलाई दिएका छन् ।

पिट्नुको कारण बैशाख ७ गते पछि भन्छु , अहिले भन्दिन उनले भने ।

बैशाख ७ सम्म महत दाजु राम चन्द्र महत अमेरिकाबाट आउदैँछन् त्यस पछि सबै भन्छु उनले थपे ।

Ads Here

Related Videos