Ads Here
हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीलाई भारतीय सुरक्षा अधिकारीलाई बुझाइयो - NEWS24 TV
Nov 30, 2015
  • 43,116
  • 227
  • 13
Ads Here

झापाको केचनामा हतियार सहित नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई नेपाली प्रशासनले भारतीय अधिकारीको जिम्मा लगाइएको छ । आइतबार विहानै देखि केचनास्थित शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा राखिएको ती एसएसबीलाई नेपाली अधिकारीहरुले दशगजा क्षेत्रमै पु¥याएर छाडेका हुन् । तस्करलाई खेद्ने बहानामा हतियारसहित नेपाल प्रवेश गरेका स्थानीयको घरमा प्रवेश गरी ज्यादती गर्दै गर्दा उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिई सीमामा रहेको सशस्त्र प्रहरीलाई जिम्मा लगाइएका थिए । झण्डै ६ घण्टा सशस्त्रको पोष्टमा राखिएपछि गृह मन्त्रालयको समन्वयमा उनीहरुलाई झापा प्रशासन र प्रहरीले प्रक्रिया पु¥याएर भारतीय सुरक्षा अधिकारीको जिम्मा लगाइएको हो । केचनास्थित दशगजासम्म आइपुगेका पारवी वटालियन किसनगञ्जका सेकेण्डरी कमाण्डर डिबी नेगी लगायतका भारतीय सुरक्षा अधिकारीलाई नेपालका तर्फबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलाले प्रक्राउ परेका एसएसीबीका जवानहरुलाई जिम्मा लगाएका हुन् । झापाका सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले उनीहरु तस्करलाई लखेट्दै नेपाल छिरे पनि बाटो विराएका कारण प्रक्रिया पुराएर भारतको जिम्मा लगाइएको बताउनु भयो ।

SUBSCRIBE : http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Ads Here

Related Videos